काठमाडौं ।
शुक्रबार नेपाली मुद्रा बजारमा अमेरिकी डलरको मूल्य थप बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलरको खरिद मूल्य १४७.२१ रूपियाँ र बिक्री मूल्य १४७.८१ रूपैयाँ तोकेको हो । बिहीबार डलरको खरिद मूल्य १४६.९७ र बिक्री मूल्य १४७.५७ रूपियाँ थियो ।
पछिल्लो समय मध्यपूर्वका मुलुकमा देखिएको तनावका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहेको छ । त्यसले गर्दा विश्वका ठूला लगानीकर्ताले सुरक्षित लगानीका लागि डलरको खरिद गरेका छन् । यी यस्ता कारण अहिले विश्व बजारमा डलरको मूल्य बढेको छ । त्यसपछि भारतमा पनि यसको मूल्य बढ्न गएको छ । भारतमा मूल्य बढेपछि नेपालमा पनि यसको मूल्य बढेको हो ।