काठमाडौं ।
चालु आर्थिक बर्ष २०८२–८३ को सात महिनामा चाँदीको आयात ५०० प्रतिशतले बढेको देखिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले हालै सार्वजनिक गरेको एक तथ्यांकले चाँदीको आयात बढेको देखाएको हो ।

गत आवको सात महिनामा नेपालमा चार अर्ब ४९ लाख ७७ हजार रूपैयाँको चाँदी आयात भएको थियो । चालु आवको सात महिनामा भने २४ अर्ब ९१ लाख ८९ हजार रूपैयाँको चाँदी आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । गत आवभर भने सात अर्ब दुई करोड ६१ लाख २६ हजार रूपियाँको चाँदी आयात भएको थियो ।
विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताले अहिले विश्व बजारमा चाँदीको मूल्य बढ्दो क्रममा छ । त्यसले गर्दा नेपालमा पनि चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य थप बढ्ने आशामा यसको माग बढेको छ । त्यसपछि चाँदीको आयात बढ्न गएको देखिन्छ । माघमा मात्रै नौ अर्ब १३ करोड रूपैयाँको चाँदी आयात भएको छ ।